Ad #144479

एजेन्सी l मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन् l

के तपाईँ आफ्नो भाग्य चम्काउन चाहनुहुन्छ? यदि वास्तवमै चाहनुहुन्छ भने अपनाउनुहोस् यी तरिका जसले तपाइको भाग्य चम्काउनका साथसाथै तपाइको फलिफाप पनि हुनेछ l जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ ।

  • ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् ।
  • विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् ।
  • राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् ।
  • घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस् ।
  • घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस् ।
  • वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् ।
  • घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् ।
  • घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् ।
  • घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् ।
  • घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी (जल) राख्ने स्थान बनाउनुहोस्