Ad #144479

एजेन्सी । शास्त्रमा कागलाई विशेष प्राणिकोरुपमा ब्याख्या गरिएको छ । कागले धेरै कुरा जानकारी दिन सक्ने समेत मानिसहरुले विश्वास गर्छन् ।

मानिसहरु ‘काग कराए अशुभ हुन्छ’ भनि सदियौ देखि मान्दै आएका छन्। सत्यता कति छ त्यो फरक कुरा हो तर काग कराउँदाको दिक्कलाग्दो आवाज भन्ने पक्का सुन्न मन लाग्दैन।

काग कराएमा शुभ हुन्छ भन्ने अवस्था पनि चर्चित नै छन्। पढौं कागसंग जोडिएका शुभ र अशुभ घटनाकाबारेमा गरिएको चर्चा,

  • सपनामा काग देखेमा नराम्रो घटना हुनेछ ।
  • काग कसैको टाउको भन्दा माथी बसेको खण्डमा अशुभ मानिन्छ। धनको नोक्सानी र रोगको भय हुने मान्यता छ।
  • उडिरहेको कागले कुनै व्याक्तिको शिरमा पर्ने गरी हड्डीको टुक्रा खसाल्छ भने त्यो व्याक्ति गंभिर संकटमा पर्दछ ।
  • मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ। कुनै ठुलो इच्छा पुरा हुने संकेत गर्छ।
  • बिहानीको समय काग उड्दै आएर खुट्टा छुन पुगे निकै शुभ मानिन्छ। जीवनमा उन्नती हुने र धन आर्जन हुने मान्यता छ।
  • बाटोमा हिड्दै गर्दा काग कुनै भाडाबाट पानी पिइरहेको देखिएमा शुभ मानिन्छ। धन लाभ हुन्छ अनि जुन कामको लागि हिडिएको थियो त्यो सफल हुन्छ।
  • मान्यता यो छ की, कागको हुल घरको छाना वा छतमा आएर झगडा गर्न लागे भने घरमालिकलाई कुनै संकट आउनेवाला छ।
  • घरको छानामा दक्षिण तर्फ मुख गरेर काग कराएको छ भने अशुभ मानिन्छ। घरमा कुनै मृत्युतुल्य घटना हुने संकेत गर्छ।
  • काग छतमा बसेर दक्षिण तर्फ फर्केर करायो भने अशुभ मानिन्छ । यसले घरमा कसैको मृत्यु वा असाध्यै कष्टकर समस्याको सामाना गर्नु पर्ने संकेत गर्छ ।
  • दिउँसोको १२ बजेभन्दा अघि रुखमा बसेको कागको स्वर पुर्व वा उत्तर दिशाबाट आएको छ भने शुभ मानिन्छ। यो स्त्री सुखको संकेत मानिन्छ।