२३ पुष, कर्णाली । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले माघ अन्तिम साता कर्णालीमा साहसिक खेल सञ्चालन गर्ने तयारी गरेको छ । खेलकूदको माध्यमबाट पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले साहसिक खेल प्रतियोगिता आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख जवाहरलाल हमालले साहसिक खेलका रूपमा जलयात्रालाई सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो, यस प्रकारका खेल गतिविधिले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ”, उहाँले भन्नुभयो, “मिति यकिन नभए पनि माघको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेका छौँ ।” मन्त्रालयले चालु आवमा साहसिक खेल सञ्चालनका लागि रु आठ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष साहसिक खेल सञ्चालनका लागि बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन ।
जलयात्रा खेलले नदी किनारका बासिन्दालाई आयआर्जन एवं रोजगारीमा जोड्ने मन्त्रालयको अपेक्षा छ । भेरी नदी किनारमा राजीलगायतका लोपोन्मुख जनजातिको बसोबास छ । कर्णाली र भेरी नदीमा जलयात्रा खेल प्रतियोगिता सञ्चालन हुनेछ ।












