२३ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्यले हिजो बुधबार अस्मिता अधिकारीलाई आफ्नै निवासमा भेट्नु भएको थियो । समता स्कूलबाट संसारकै महङ्गो आईग्लोन् कलेज स्विट्जरल्याण्डमा छात्रवृत्तिमा पढ्न जान लागेको अस्मिता अधिकारीलाई आफ्नै निवासमा भेट्नु भएको हो ।
शाक्यले अस्मितालाई मिहेनत गरेर पढ्नुपर्छ, तिमीसँग सिङ्गो हामी सबैको देश नेपालको नाम जोडिएको छ भनि सम्झाउनु भएको थियो। अस्मिताको हातमा ल्यापटप किन्न रु। साठी हजार राखिंदिदै उहाँले सो रकम आफ्नो पेन्सनको रहेको बताउनु भयो।
साथै अस्मितालाई केही न्यानो कपडा, आईग्लोन् कलेजका सर एमसी डोनाल्डलाई नेपाली पस्मिना उपहार दिँदै समता र अस्मिताको यो उपलब्धिमा खुशी प्रकट गर्नु भयो।












