Ad #144479

२२ पुष, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी  ओली तानाशाह भएपनि इमान्दार भएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी निरंकुश भएपनि इमान्दार भएको आरोप लगाए । भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा पनि दिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले ओली बाह्य शक्तिको मतियार भएको पनि आरोप लगाए । भट्टराईले संसद् विघटन विरुद्ध एकजुट हुनुपर्ने पनि बताए ।