इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको छ ।
लिभरपुल साउथह्याम्पटनसँग १–० ले पराजित भएको हो । पराजित भए पनि लिभरपुल शीर्ष स्थानमै छ, उसको १७ खेलबाट ३३ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक छ ।
साउथह्याम्पटन १७ खेलबाट २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।












