समिता श्रेष्ठ
१९ पुस, इटहरी। टिम ब्लडपल पूर्वाञ्चलले आफ्नो चौंथो वार्षिक उत्सव इटहरी १६ पकलीस्थित रामजानकी शान्ति वृद्धा आश्राममा भव्यताका साथ सम्पन्न गरी मनाएको छ।
उक्त कार्यक्रममा वृद्धा आश्राम मा रहनुभएका ११ जना वृद्धवृद्धाहरु प्रत्येकलाई थर्मस साथै आश्रममा दाल, चामल, जस्ता खाद्यान्न सामग्री प्रदान गरिनुका साथै उपस्थित सम्पूर्ण र वृद्धवृद्धालाई दाजुभाई होटलले खाजा वितरण गरिएको कार्यक्रम संयोजक कल्पना बजगाईं अर्यालले जानकारी गराउनु भयो ।

प्रस्तुत कार्यक्रममा टीम व्लडपलका सदस्यहरु, आश्रमका प्रतिनिधिहरूका साथै सहयोगी महानुभावहरुको सहभागिता रहेको थियो र उपस्थित सम्पूर्णलाई ब्लडपल पूर्वाञ्चलका संयोजक कविता चापागाईंद्वारा प्रसंशा पत्र वितरण साथै वार्षिक उत्सवको केक काटी कार्यक्रम औपचारिक रुपले समापन गर्नुभयो।
दान, उत्प्रेरणा र सम्मान (donate motivate and appreciation) मुख्य उदेश्यका साथ निरन्तर संचालित यस टीम ब्लडपल ले जुनसुकै परिस्थितिमा पनि रक्त अभावले कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यका साथ विभिन्न ठाउँमा रक्तदान गर्नुका साथै आकस्मिक रक्तदाता खोज्न पनि निरन्तर लागि परिरहेको क्षेत्रीय संयोजक कविता चापागाईंले जानकारी दिनु भयो ।













