१९ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जनको निधन भएको छ । भारतको नया दिल्लीमा बसोबास गर्दै आएका रञ्जन कोइरालाको आइतबार विहान ११ बजे निधन भएको हो ।
नयाँदिल्लीको क्याक्स अस्पतालमा एक महिनादेखि उपचारका क्रममा निरञ्जनको निधन भएको हो । निधन भएका निरञ्जनको आइतबार नै नयाँ दिल्लीको निगमबोध घाटमा अन्तिम संस्कार गरिनेछ ।
पिता केशव कोइराला र आमा नोना कोइरालाका सुपुत्र निरञ्जन शेखरका दाजु हुन् । निरंकुश पञ्चायती शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा समेत लागेका निरञ्जन नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी हुन् ।
रञ्जन कोइराला तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकार समेत थिए । पछिल्लो समय दिल्लीमा व्यवसाय गरिरहेका रञ्जन बिरामी भएपछि अस्पताल भर्ना भएका थिए ।












