कोरोना भाइरसले स्वरुप फेर्दै : विश्वमा डरलाग्दो रुपमा फैलदै, नेपाल पनि जोखिममा

प्रविणराज चालिसे

‘जो सघर्ष गर्न सक्छ, उ नै बाँच्छ’ यो महामारीको नियम हो । डार्विनको सिद्धान्त अहिले विश्वभर लागू भएको छ । कोरोना रोगको संक्रमण हुन थालेको बर्षदिन भैसकेको छ । यो रोगबाट महामारीमा परीवर्तन भयो । महामारी मात्रै होइन, कोरोना भाइरसको रोग अहिले विश्वभर फैलिएसँगै यसले आफुलाई परीवर्तन समेत गर्न थालेको छ । भाइरस परिर्वतनको असर पनि देखिन थालेको छ । यसले फेरी एकपटक त्रास फैलाउन थालेको छ । बेलायतमा नयाँ भेटिएको कोरोना फैलदो क्रममा छ । युरोपमा धेरै देशमा लकडाउन भैसकेको छ ।

के हो नयाँ भाइरस ?

बेलायतमा नयाँ कोरोनाको जिवाणु भेटिएको प्रमाणित भएको छ । जनस्वास्थविद् रविन्द्र पाण्डेका अनुसार बेलायतमा देखिएको कोरोना ७० गुणा छिटो फैलिने गरेको अध्ययनद्वारा प्रमाणित भएको छ । पाण्डेको अनुसार अहिले यो कोरोनाभाइरस कति असरदार छ, यसको पुरा अध्ययन गर्न बाँकी रहेपनी, सामान्य अध्ययनका अनुसार छिटो सर्ने भनिएको कोरोना कम असर रहेको भेटिएको छ ।

कोरोनाले आफुलाई परीवर्तन गरेको यो पहिलो भने होइन, २३ पटक यसले फैलने क्रममा आफुलाई बदलेको छ । कोरोनाभाईरस संक्रमणको क्रममा कमजोर मानिएको शरीरमा लामो समयसम्म रहने र यसले आफुलाइ परीवर्तन गर्ने गरेको डाक्टर पाण्डेले बताउनुभयो । र यसको असर पनि पहिलेकै जस्तो लक्ष्यण र असर देखाउने गरेको प्रमाण देखिएको छ । यो भाइरससँग पहिलेको भ्याक्सिनले काम गर्न सक्ने अध्ययनले देखाएको छ ।

भ्याक्सिन कहिलेसम्म नेपालीको माझमा

अहिले सबैको मन र नजर भ्याक्सिनले तानेको छ । पाण्डे भन्नुहुन्छ,‘नेपालमा कोरोनाको भ्याक्सिन आउनका लागि अझै ३ देखि ४ महिना लाग्ने अनुमान रहेको छ । हामीलाइ छिटो चाहिए भारत लगाएत अरू धनी राष्टमा कुटनितिक पहल गर्नुपर्ने हुन्छ । पहिले, भ्याक्सिनको प्रयोग गरीब राज्यमा प्रयोग गरीने चलन रहेको तर पटक पटकको आरोप पछि यो कोरोनाको खोप धनी राष्ट्रमा लगाउन थालिएको छ । प्रमाण स्वरूप अमेरीकी राष्ट्रपति जो बाइडेन आफुले कोरोना भ्याक्सिन लगाउनुभएको छ । भ्याक्सिन नेपालमा ढिलो आइपुग्ने अनुमान छ ।

कस्तो हुनुपर्छ कोरोनाको दोस्रो चरणको तयारी नेपालमा

नेपालमा कोरोनाको संक्रमण घटेको अनुमान छ । अहिले चहलपहल बढ्दो छ । यसले कोरोनाको दोस्रो लहर नल्याउला भन्न सकिदैन । र जुन हिसाबले कोरोनाले आफूलाई परिवर्तित गर्दै गएको छ, भोलिका दिनको लागि तयारी गर्नैपर्छ । यो नै रोगबाट बच्ने पहिलो कदम हो । कोरोना नआउन यसअघि लकडाउन भयो । जुन त्यसबेला ठिक थियो । र भोलिको दिनमा फेरी पनि यसै गरी लकडाउन र निरन्तर स्वास्थ्य सावधानी अपनाउनु पर्ने हुन्छ ।

सुरक्षा मापदण्डको पालना गर्नुपर्ने हुन्छ । डाक्टर पाण्डे भन्नुहुन्छ,‘पटक पटक अनुगमन गर्नुपर्ने र नभएमा जरीवाना गरेर भएपनी सचेतना फैलाउनुपर्ने, कार्यान्वयन गर्नु आवश्यक छ । सरकार पनि आवश्यक स्वास्थ्य उपकरण र औषधिको व्यवस्थापनमा अहिलेदेखि नै लाग्नुपर्नेमा उहाँको जोड छ ।

[sidebar name="button post"]