Ad #144479

१७ पुष, काठमाण्डौ ।  तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् । वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् ।

प्रतियोगितामा विभिन्न ६६ राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।