Ad #144479

१७ पुष, काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ। संविधानविपरित प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएकोले फिर्ता लिन कांग्रेसले माग गरेको हो ।

आज राष्ट्रिय सभामा कांग्रेस सांसद जितेन्द्रनारायण देवले दलका तर्फबाट बोल्दै उक्त अध्यादेश फिर्ता लिन माग गरेका हुन् । हालै प्रधानमन्त्री ओलीले तीन जना मात्रै भए पनि संवैधानिक परिषदसम्बन्धी बैठक बस्न र निर्णय गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि यसको चौतर्फी विरोध भएको थियो ।

तर पनि प्रधानमन्त्री ओलीले अध्यादेशकै अनुसार संवैधानिक परिषद बैठक बसेर विभिन्न संवैधानिक निकायमा नियुक्ती गरेका छन् ।