१७ पुष, काठमाडौं । नेकपा नेता दीनानाथ शर्माले नेकपा पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटन भएको भन्दै यो अत्यन्तै दुःखद भएको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले दलभित्रको द्वन्द्वको असर जनप्रतिनिधिमूलक संस्थामा पर्नु राम्रो नहुने बताए । प्रतिपक्षको अर्गेल्याइँको कारणले नभएर सत्तारुढ पार्टीभित्रकै कारणले विघटन हुन पुगेको उनले बताए ।












