१७ पुष, काठमाडौं । राष्ट्रियसभाका सांसद र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जना सांसद र ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
५६ जना कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये ५ जनाको रिर्पोट पोजेटिभ आएको हो । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदा सांसद र कर्मचारीको परीक्षण गरिएको थियो । रिर्पोट पोजेटिभ आएका सांसद र कर्मचारी अधिवेशनमा सहभागि हुन पाएनन् ।












