Ad #144479

बालबालिकाहरुको स्मरण क्षमता बढाउनको लागी उचित वातावरणको आश्यकता पर्छ । बच्चाहरुको चाहना अनुसारको हरेक कुराहरु पुरा गर्नु पर्ने हुन्छ । कुनै पनि कुरालाई लिएर तिनिहरुको शारिरीक तथा मानसिक रुपमा असर पु¥याउनु हुँदैन। बालबालिकाहरुलाई पढाउँदा रमाईलो वातावरण बनाउनु पर्छ , जसले गर्दा बालबालिकाले आफुले सिकाएको कुराहरुलाई सजिलैसंग सम्झन सकिन्छ ।

कुनै बच्चाहरु जुनसुकै कुरा पनि अलि ढिलो बुझ्ने गर्छन। तिनिहरुको लागी सम्भव भएसम्म त्यसको भिडियो सहित देखाएर पनि सिकाउन सकिन्छ । यसो गर्दा बालबालिकाहरुले सिकाएको कुरा राम्रोसंग बुझिन्छ र लामो समयसम्मका लागी पनि सझिरहन्छन् ।

बालबलिकाहरुको स्मरण शक्ति बलियो होस् भन्राका लागि विभिन्न रुपबाट भिडियो गेम, प्ले कार्ड्स तथा कुनै यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ । जसले तपाईंका बालबालिकालाई शिक्षा अथवा अन्य नयाँ ज्ञान प्राप्त गर्न सहयोग पुगोस् । बालबच्चाहरुको लागि एउटा सिमित वातावरण मात्रमा नरही उनीहरुको रुची अनुरुप चाहनाहरु पुरा गर्नु पर्छ ।