काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल चर्चित गीत ‘फूल बुट्टे सारी’ ले अहिले युट्युबमा करोडबढी भ्यूज पाएको अवसरमा चाइल्ड भर्सनमा पनि सार्वजनिक गरेका छ ।
उक्त गीतमा बलागायिका अरिष्मा शिवाकोटीको स्वर रहेको छ । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको गीतमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।
पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।












