Ad #144479

एजेन्सी । शरीरको वजन कमगर्ने अनेक थरी तरिकाहरुको बारेमा सुन्नुभएको होला । डाइटिंग गरेर, व्यायाम गरेर तथा योगा गरेर आदिबाट मानिसहरुले जिउको बोसो घटाउने कोसिस गर्दछन् । तर, लन्डनकी एक महिलाले तौल घटाउँने तरिका अपनाएको देखेर मानिसहरु दंग परेका छन् ।

यी महिलाले आफ्नो तौल घटाउन घाँटीमा जुका राखेर घन्टौसम्म चुसाउँछिन् । उनको त्यो तरिका सुन्दैमा डरलाग्दो छ । ती महिला जिउको तौल घटाउन भन्दै घण्टौसम्म जुकालाई जिउको रगत चुसाउँछिन् । उनले जुकालाई रगत चुसाउँदा ७५ किलो तौल कम भएको दाबी गर्दै आएकी छिन् ।

अनुहारमा जुकालाई चुसाउादा चाउरीपना कम हुने उनको दाबी छ । उनले कहिलेकाहीँ त  गिँजामा पनि जुकालाई चुसाउँछिन् । यसो गर्दा दाँत बलियो हुने जिकिर गर्छिन् ।