Ad #144479

रिलायन्स लाइफ इन्स्योरेन्सले पुनर्जागरण अभियान सुरु गरेको छ। रिलायन्स लाइफद्धारा सञ्चालित पुनर्जागरण अभियानको अवधि यही पौष २९ गते सम्म रहेको इन्स्योरेन्सले जनाएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहक वर्गको चाहना र कोभिड १९ लाई मध्यनजर गर्दै यो अभियानको अवधि अन्तिम पटकको लागि थप गरेको जनाएको छ ।

कम्पनीले आफ्ना ग्राहकका व्यतित सबै बिमालेख २०७७ सालमा पौष महिनाभित्र सम्म ग्राहकहरुले पुर्नर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शातप्रतिशत छुट पाउने पनि जनाएको छ ।

ग्राहकलाई यस सम्बन्धि थप जानकारीको चाहिएमा इन्स्योरेन्सले नजिकको शाखा वा उपशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।