Ad #144479

एजेन्सी । हाम्रो देशमा बहुविवाह कानूनतः प्रतिबन्धित छ र एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई सजाय पनि हुन्छ । विश्वका हरेक देशमा विवाह गर्ने अलग–अलग संस्कृति हुन्छन् ।

कतै एक विवाह मात्र गर्छन् भने कतै एक भन्दा धेरै विवाह गर्न पनि अनुमति दिएका हुन्छन् । यसको साथै एक यस्तो देश छ जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ । तर अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून रहेको छ ।

इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो ।

कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो कानूनको निर्माण गरेको हो । कानूनको उल्लंघन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जेलको सजाय हुन्छ ।

यस कानुुनको कारण देशमा दुई विवाह गर्ने पुरुषको संख्यामा लगातार वृद्धि भइरहेको छ । इरिट्रियाको यस्तो कानुनको विश्वका अन्य देशहरुले आलोचना गरिरहेका छन् । तर हालसम्म पनि इरिट्रियाले यो कानुनलाई फिर्ता लिन कुनै कदम चालेको छैन ।