Ad #144479

एजेन्सी । जब हामी मुड खराब हुन्छ तब मानिसहरु गीत सुन्छन् । हामी सबैलाई थाहा छ संगीत हाम्रो जीवनको एक हिस्सा हो । गीतका माध्यमबाट आम पीडालाई कम गर्छौं । जब खुशीको मौकामा हामी भित्र जोश भरिन्छ । संगीतमा मानिसहरु नाँच्न रमाउन थाल्छन्, कुनै गीत यस्ता हुन्छन् जसले दिलमा धेरै छिटो स्थान बनाउन सक्छन् ।

कुनै गीत यस्ता हुन्छन् जसलाई सुनेर केही मानिसहरुले आत्महत्या पनि गर्छन् । एक यस्तै गीत छ, जसलाई हंगेरीका संगीतकार रिजोस सेरिजद्वारा बनाइएको स्याड सन्डे नामको गीत यो दुनियाँकै सबैभन्दा लोकप्रीय र चर्चित गीतमा गनिन्छ ।

यो गीत सन् १९३३ सालमा हंगेरीका रिजो सेरिस नामक एक संगीतकारको गीतको नाम ‘ग्लूमि सन्डे’ । यो गीत निकै चर्चित बनेको थियो । जसले यो गीत सुन्थ्यो उसलाई आफ्नो पीडाको महसुस भएको हुन्थ्यो र आत्महत्या गर्ने अवस्थामा पुग्थे ।

यो गीत सुनेर आत्महत्या गर्ने पहिलो घटना बर्लिनमा सावजनिक भएको थियो । जब एक युवाले यो गीत सुने त्यसपछि आफूले आफूलाई गोली मारेका थिए । यस्तै न्यूयोर्ककका एक बृद्धपनि ७ औं तलाबाट हाम फालेरका थिए । हंगेरी, बेलायतसहितका कयौं देशले यो गीत बजानका लागि बन्देज लगाए । ६३ वर्षसम्म प्रतिवन्धमा रहेको गीत २००३ मा आएर मात्र खुल्ला भएको थियो । यो गीतका गायक रिजो सर्सीको जीवनी र उनको प्रेम कहानी दर्दनाक थियो । र, यसै पीडालाई उनले गीतमा उतारे ।