चिनियाँ टोली फुटेको नेकपा भेटेर स्वदेश फर्कियो

१५ पुष, काठमाडौं । विभाजनपछिको सत्तारुढ नेकपाका सबै जसो मुख्य नेताहरुलाई भेटेर चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ। बुधबार बिहान हिमालय एयरलाइन्सको नियमित उडानबाट टोली स्वदेश फर्किएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं ओर्लिएको थियो। काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको हो ।

आइतबार काठमाडौं आएपछि नै चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

भेटवार्तामा चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान प्रचण्ड र माधव नेपाललाई आग्रह गरेको बुझिएको छ । तर त्यसलाई सो पक्षले पूरापुर स्वीकार गरेको देखिएन । चिनियाँ टोली फर्किएपनि उसले देखाएको बाटो र दिएको सल्लाह कत्तिको प्रयोग हुन्छ रु त्यो हेर्न बाँकी छ ।

[sidebar name="button post"]