इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार जित दर्ता

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार जित दर्ता गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई १–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा ६६ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बन्यो ।

लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा बर्नलीले शेफिल्ड युनाइटेडलाई १–० तथा लीड्स युनाइटेडले वेष्ट ब्रोमलाई ५–० ले पराजित गरेको छ । यस्तै अर्को खेलमा साउथह्याम्पटन र वेष्ट ह्यामले गोलरहित बराबरी खेलेका छन् ।

[sidebar name="button post"]