म अमेरिकामा खेल्न र त्यहाँको जीवनको अनुवभ लिन चाहन्छु : लियोनल मेस्सी

१४ पुष, काठमाडौं । बार्सिलोना कप्तान लियोनल मेस्सीले आफूलाई अमेरिकामा खेल्न मन रहेको बताएका छन् । मेस्सीले स्पेनिस च्यानल ला सेक्तासँग भनेका छन्, ‘मैले के गर्ने छु भन्ने अहिले नै थाहा छैन ।

यो सिजनको अन्त्यसम्म पर्खिने छु । म अमेरिकामा खेल्न र त्यहाँको जीवनको अनुवभ लिन चाहन्छु । त्यहाँको लिगको अनुवभ लिएर अन्ततः कुनै भूमिकामा बार्सिलोना नै फर्किन मन छ ।

तर आफ्नो भविष्यबारे अहिले नै थाहा नभएको मेस्सीको भनाई छ । मेस्सी यो सिजनको सुरुमा बार्सिलोनाबाट बाहिरिन चाहेका थिए ।

[sidebar name="button post"]