१४ पुष, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएका खेलमा लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएर शीर्ष स्थानको होडलाई कडा बनाउने मौका गुमाएका छन् । अवे मैदानमा भएको खेलमा लेस्टर सिटी क्रिष्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको हो ।
यस्तै अर्को खेलमा चेल्सी एस्टन भिल्लासँग १–१ कै बराबरीमा रोकिएको हो । बराबरीपछि दोस्रो स्थानमा फर्किएको लेस्टर सिटीको १६ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ३२ अंक छ ।
यस्तै एस्टन भिल्ला पाँचौँ तथा चेल्सी छैटौँ स्थानमा पुगेका छन् । भिल्लाको १४ खेलबाट २६ तथा चेल्सीको १६ खेलबाट २६ अंक भएको छ ।
[sidebar name="button post"]











