गर्भावस्थामा पेटको बच्चा चल्दा आमाले बुझ्नु पर्ने यी कुराहरु

काठमाडौँ । कतिपय आमाले आफूमा गर्भ रहेको कुरा थाहा पाउन लामो समय कुर्नुपर्छ । हुन त जाँच गराउँदा यसबारे थाहा लाग्छ । तर, कस्तो लक्षणपछि जाँच गराउने त ? यसबारे पनि धेरै अनभिज्ञ हुन्छन् । सामान्यतया महिनावारी रोकिएपछि गर्भ रहेको थाहा लाग्छ । तर, गर्भावस्थाको लक्षण यतिमा मात्र सीमित छैन । यसका सुरुवाती लक्षण थुप्रै छन् । यी लक्षणबाट तपाईंंले थाहा पाउन सक्नुहुन्छ कि आफूमा गर्भ छ भनेर :

बच्चा स्वस्थ भएको संकेत
गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ ।

बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ
यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ ।

बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ
बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ ।

खाना पछि किक बढ्दै जान्छ
गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्छ ।

गर्भवति भएको नौ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ
गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ । तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन् ।

पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो
यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने मान्नुस पेटको बच्चामा गडबढी हुन खोजेको छ । यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ ।

३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन
जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ किक कम हुँदै जान्छ ।

[sidebar name="button post"]