नेपाल प्रहरीका ९ एसएसपीको डिआईजीमा बढुवा सिफारिस

१३ पुष, काठमाडौं । नेपाल प्रहरीको ९ जना प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ को प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’मा बढुवा सिफारिस भएको छ । पुस १३ गते बसेको बढुवा समितिको बैठकले प्रहरी नायव महानिरीक्षकको पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

[sidebar name="button post"]