Ad #144479

१३ पुष, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि संचालित १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज तुल्याउन तालिममा सिकाइएको ज्ञान, सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई निर्देशन दिए।

कात्तिक १८ गतेबाट संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५३ गरी कूल ५७ जना प्रशिक्षार्थीहरुले तालिम सफलतापुर्वक हासिल गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेर बहादुर चन्दले जानकारी दिए ।