१३ पुष, काठमाडाैं । कोरोना महामारीको समयमा कोरोना संक्रमितको उपचार गर्न कोभिड अस्पतालमा सूचिकृत गरिएका सबै निजी अस्पताललाई सो सूचिबाट हटाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेशवर गौतमले मेडिकल कलेजबाहेक अन्य सबै निजी अस्पताललाई अर्काे व्यवस्था नभएसम्मका लागि कोभिड अस्पतालको सूचिबाट हटाइएको जानकारी दिनुभयो ।
उहाँले कोभिड अस्पतालको रुपमा सूचिकृत रहेका निजी अस्पतालमा पुस १२ गतेसम्म भर्ना भएका कोरोना संक्रमितको उपचार गरेवापत्को रकम सोधभर्ना गरिने बताउनुभयो ।
उहाँले १० दिनसम्म उपचार गरेको रकम सोधभर्ना गरिने वताउनुभयो । उहाँले कुनैपनि बेला निजी अस्पतालको आवश्यकता रहने भएकाले तयारी अवस्थामा रहन अस्पतलाहरुलाई आग्रह गर्नुभयो ।












