Ad #144479

१२ पुस, कञ्चनपुर । घरमा एक्लै बस्दै आएकी ७१ वर्षीया वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीया खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।

आइतबार वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई खबर गरेका हुन् । ‘मृतकको बायाँ कानमा चोट लागेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानेको छ ।

मृतकका भाइ हिरे भुलका अनुसार खण्टीले कान र घाँटीमा लगाउने सुनका गहना समेत फेला परेका छैनन् ।