Ad #144479

१२ पुस, कञ्चनपुर । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरका एक युवकको शव फेला परेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार ९ गते बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

उनको खल्तीमा सल्फासको बोतल र शरीरमा चोटपटक पनि देखिएको उनले बताए। घटनास्थलमा उल्टी गरेको समेत देखिएको प्रहरीले जनाएको छ।