आज कति छ सुनको मूल्य ?

१२ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले यथावत रहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलाको एक हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]