राप्ती जेसिज बर्ष २०२१ को अध्यक्ष पदमा दिनेश सेढाई चयन

१२ पुष, चितवन । राप्ती जेसिजको दोश्रो साधारण सभा तथा शाखा अधिवेशनबाट जेसिज बर्ष २०२१ को लागि दिनेश सेढाई अध्यक्ष पदमा सर्वसमम्त चयन हुनु भएको छ। राप्ती नगरपालिका अबस्थीत साना शहरी खानेपानीको सभा हलमा आयोजित साधरण सभा तथा अधिवेशनले अध्यक्ष पद लगाएत सम्पुर्ण कार्यसमिती सर्बसम्मत चयन गरिएको हो ।

अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा सुजन थापा काजी र नबराज गुरुङ साथै कानुनी सल्लाहकार बिन्दु सिन्जाली मगर र महासचिवमा विवेक गैरे मनोनित भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा अभियान पाठक साथै चार उपाध्यक्ष पदमा बिनिता भट्ट, भुवानिश्वर रुवाली,शान्ती लामिछाने सापकोटा,सौरभ कंडेल र कार्यक्रम संयोजकमा सुदन उप्रेती चयन भएका छन्।

राप्ती जेसिजको बाकि पदहरु भने पछी मनोनित हुने र पदस्थापन कार्यक्रममा सम्पूर्ण निर्वाचित तथा मनोनित समितिले पदभार ग्रहण गर्ने जेसिस राप्ती बर्ष २०२० का संस्थापक अध्यक्ष बुद्दी कंडेलले कागेश्वरी खबर डटकमलाई बताउनु भयो ।

[sidebar name="button post"]