१२ पुष, काठमाडाैं । ९ महिनापछि अन्ततः सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा ‘ट्रायल’सञ्चालन हुने भएको छ । यसका लागि शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गरेको छ । सूचना अनुसार आउँदो पुस १४ गते मंगलबारदेखि अनलाइन फारम खुला गरिने छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरिने सो सूचनामा उल्लेख छ । कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो ।
अब चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने भएको हो । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र प्रयोगात्मक परीक्षा ‘ट्रायल’ खुलाइनेछ ।
[sidebar name="button post"]









