इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको शानदार जित

१२ पुष, काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार सात खेलका कायम रहेको जितबिहीन यात्रा आर्सनलले अन्त्य गरेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले पराजित गरेको हो ।

जितपछि १५ खेलबाट १७ अंक बनाएको आर्सनल १४ औँ स्थानमा पुगेको छ । पराजित भएको चेल्सी २५ अंकसहित सातौँ स्थानमा झरेको छ ।

[sidebar name="button post"]