यी रोगबाट बच्न अम्बा खानुहोस्

एजेन्सी । अम्बा धेरैजसो सबैलाई मन पर्ने फल हो । अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । आधा पाकेको अम्बाले पेटसम्बन्धी रोगका लागि फाइदा पुर्‍याउँछ । पाकेको अम्बाले तागत बढाउँछ ।
खाँदा निकै मिठो हुने अम्बा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक पनि छ । पेट सफा गर्न, दाँत बलियो बनाउन र भोक जगाउन अम्बाको सेवन राम्रो मानिन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसंग लड्ने क्षमता बढाउँछ । दम, खोकी र ग्यास्ट्रिक कम गर्न अम्बा सहयोगी हुन्छ ।
  • अम्बाको पातले झा’डापखाला समेत ठिक हुन्छ । 
  • अम्बाको सेवनले हाम्रो पाचन प्रणलीलाई पनि राम्रो गर्छ ।
  • शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन अम्बा खानु निकै आवश्यक छ । 
  • यसले शरिरमा हुने भिटामिन सि को कमिलाई हटाउन सहयोग गर्छ । 
  • अम्बा गर्भवती महिलाहरुका लागि पनि निकै लाभदायक छ ।
  • यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डि’सअर्डर नियन्त्रणमा आउँछ । 
  • यसको सेबनले आँखा सम्बन्धी समस्या पनि हटाउछ ।
  • अम्बाको सेवन गर्नाले रतन्धो हुन बाट पनि बचिन्छ । 
  • मधुमेहका रोगीका लागी पनि अम्बा खानु आवश्यक छ । 
  • अम्बाको पातमा पनि औषधीय गुण हुन्छ ।
[sidebar name="button post"]