काठमाडौं । मानिसहरुले आफूलाई स्वस्थ्य राख्नको लागि बिभिन्न खानेकुरा, शारीरिक कसरत लगाएत बिभिन्न उपायहरु अपनाउने गर्दछन् । स्याउ एक प्रकारको फलफुलको राजा हो। खानमा पनि निकै स्वादिलो हुन्छ। खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन्।
नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पैस्टिक तत्व प्राप्त हुन्छ । स्वास्थ्यको लागि स्याउ निकै लाभदायिक फल हो । नियमित स्याउको सेवनले हाम्रो शरीरलाई स्वस्थ राख्नुका साथै पाचन प्रणालीलाई दुरुस्त राख्छ ।
स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। तथापी, सबै खानेकुराजस्तै स्याउ पनि धेरै खाएमा फाइदा भन्दा बेफाइदा गर्ने चिकित्सकहरू बताउँछन्। यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी, ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ ।
- मुटु स्वस्थ
- दाँत मजबुत
- मोतियाविन्दु
- तौल सन्तुलित
- कोलेस्ट्रोल कम
- कोलेस्टेरोल घटाउँछ
- एल्जाइमर हुन दिदैन
- क्यान्सरको खतरा मुक्त
- हड्डीलाई बलियो बनाउछ
- मधुमेहलाई नियन्त्रित गर्छ
- दमका बिरामीलाई गुणकारी
- पत्थरी कव्जीयतबाट बचाउँछ
- एनिमियाको बिरामीलाई फाईदा








