काठमाडौं। नेपालका चर्चीत महानायक राजेश हमाल पछिल्लो समय फरक फरक अवतारमा देखिन फालेका छन्। कहिले पत्रिका बेच्नेको भूमिकामा त् कहिले समाजसेबी भने अहिले चिया पसलमा देखिएका छ्न।

सरू गाैतम र विनायक बसेलको स्वरमा ‘क्यारम त नी’ गीत सार्वजनिक भएको छ । डर मुभिज नामक युट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्वजनिक भएको हो ।

हमाल चिया पसल राखिएको उक्त चिया पसल अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । गीतको भिडियोमा राजेशसंगै प्रतिमा कडेल, उत्तम केसी तथा नारायण बहादुर पाण्डे रहेका छन् ।

भीम बिसीको शब्द तथा संगीत रहेको गीतमा गाैतम र बसेलले स्वर दिएका हुन् । उक्त गीतमा संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन् ।
उत्सव दाहालद्वारा छायांकन भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन्।
[sidebar name="button post"]









