बेनिशापछि गौरव पनि एसिड आक्रमणमा

काठमाडौं l चर्चित नायक गौरव पहारी, नायिका बेनिशा हमालले एक साथ अभिनय गरेको नयाँ म्युजिक ‘फिँजाइ पंख’ डीआरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

 गायक डीज जोशीको स्वर रहेको छ भने उक्त गीतमा उनले नै शब्द संगीत भरेका छन् । भिडियोको मुख्य भूमिकामा नायक गौरव पहारी, नायिका बेनिशा हमाल ,कमलमणि नेपाल र सुनिता श्रेष्ठ फिचर्ड छन् ।

उक्त भिडियोमा एसिड आक्रमणमा परेकी युवतीको कथा गीतमार्फत प्रस्तुत गरिएको छ । उत्सव दाहालद्वारा छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो : 

[sidebar name="button post"]