Ad #144479

११ पुष, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले शनिबार बिहानै खुलमटार पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपा फुटेर प्रधानमन्त्री केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डको कित्ताकाट भइसक्दा वामदेव खुलेका छैनन् । तत्कालिन एमाले र माओवादी एकताका सुत्राधार मानिने गौतमले प्रचण्डसँग भेटवार्ता गर्दा उनी कुन गुटमा लाग्छन् भन्ने चाँसो बढेको छ ।

यसअघि गौतमलाई फकाउन माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैसेपाटी पुगेका थिए । तर पनि वामदेवले त्यसलाई स्वीकार गरेका थिएनन् । त्यसपछि उनी बालुवाटार पुगेर ओलीसँग भेटवार्ता समेत गरेका थिए ।

बालुवाटार गएपछि वामदेव ओलीको कित्तामा उभिने धेरैको अनुमान थियो । तर पनि उनी खुलेनन् । एक हप्ता नखुलेका उनी अहिले खुमलटार गएसँगै प्रचण्ड माधव नेपाल पक्षको गुटमा जाने अनुमान गरिएको छ ।

यसअघि गौतमको गुटमा रहेका रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल लगायतका नेताहरु अहिले ओलीको गुटमा छन् । जो ओली गुटमा लागेकै कारण मन्त्री समेत बनेका छन् । तर पनि वामदेवले आफ्नो कित्ता क्लियर गरेका छैनन् ।