Ad #144479

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।  प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बाग्मती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

दाङको देउखुरीमा हुने प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भैसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी दिएको छ ।