काठमाडौं । जाडोको मौसमा सख्खरको सेवन एकदमै राम्रो मानिन्छ, यसलाई गुड पनि भनिन्छ । जाडोमा विभिन्न खालको रोगले सताउँछ । यो मौसममा विशेषगरी बुढाबुढी, बच्चा, रोगी, गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने हुन्छ ।
जाडो मौसम शुरु भइसकेको छ । सख्खरले छिट्टै पच्ने, शरीरमा रगत बढाउने र भोक जगाउने काम गर्छ । यसमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम, फलाम, तामा, ग्लुकोज जस्ता तत्व पाइन्छ । जसले गर्दा यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
रसायन पदार्थबाट प्रशोधन नगरिएको र उखु, खजुर, ताड आदिको रस पकाएर बनाएर जमाएको पदार्थ नै सख्खर हो । यो गुणैगुणले भरिपूर्ण छ । यसको नियमित सेवनले चिसोको कारण हुने रोगहरुबाट बच्न सकिन्छ ।
- ग्यास्ट्रिक
- दम
- रुघाखोकी र कफ जम्नु
- कान दुखेमा
- स्वर भास्सिनु
- महिलाको तल्लो पेट दुख्ने कम
- मांसपेशको दुखाइ
[sidebar name="button post"]








