सुर्खेतमा उपचाररत संक्रमित महिलाको मृत्यु

९ पुष, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एक महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा चिङ्गाड गाउँपालिका-५, निवासी ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको बुधबार राति साढे १० बजे बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शरीर सुन्निएको र श्वासप्रश्वासमा समस्या भएपछि पुस ६ गते बेलुका प्रदेश अस्पतालको इमर्जेन्सीमा उनलाई आफन्तले भर्ना गरिएका थिए । उनको सोही दिन नै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २४ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

[sidebar name="button post"]