९ पुष, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला आयोजना गरेका छ्न । आज मध्यान्ह पौडेलले अनामनगरमा आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका हुन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पौडेलले डाकेको भेलालाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा पौडेलले तत्काल पार्टी आन्दोलनमा जानुपर्ने धारणा राख्दै आएका छन्। तर सभापति शेरबहादुर देउवा भने तत्काल आन्दोलनमा जाने सुरमा छैनन् । देउवालाई ओलीसँग भित्रभित्रै मिलेको आरोप पनि छ ।
यसबारे बुधबार केन्द्रीय समितिमा केही विवादसमेत भएको थियो। पौडेलले पार्टी आन्दोलनमा जानुपर्ने धारणा राखे पनि सभापति शेरबहादुर देउवा र उनी पक्षका केन्द्रीय सदस्य केही दिन पर्खेर आन्दोलनमा जाने मनस्थितिमा छन्।
[sidebar name="button post"]









