Ad #144479

८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेसले यसविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले संसद विघटनविरुद्ध पुष १६ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सानेपामा जारी केन्द्रिय समिति बैठकले निर्णय गरेपछि देशभर फेरि सरकारविरुद्ध कांग्रेस सडकमा आउने भएको हो । यसअघि मंसिर २९ गतेमात्रै कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको थियो ।