८ पुष, काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।
इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपनि संविधानमा संसद विघटन गर्ने अधिकार नभएको तर्क कानुनविदले गरेका छन् । सोही कारण सर्वोच्चमा रिट परेपनि सर्वोच्चले आदेश दिन अस्वीकार गरेको छ ।












