Ad #144479

काठमाडौं । नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ।

फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । फर्सीको तरकारी मात्रै होइन् अरु धेरै परिकार बनाएर पनि खान सकिन्छ । हामी सँबैको भान्सामा पाक्ने फर्सी स्वास्थ्यका दृष्टिकोणले निकै गुणकारी छ । यस्ता छन् फर्सीका फाइदाहरु 

  • फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ ।
  • यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ ।
  • पहेँलो भएर पाकेको फर्सी झनै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
  • मुटु रोगीका लागि समेत फर्सी निकै फाइदाजनक मानिन्छ ।
  • फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।
  • फर्सीमा फाइबर, भिटामिन ए, सी र इसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
  • फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।