तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ ।पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यावसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
धन आगमनको गतिलो योग रहेको छ ।व्यापार व्यावासाय फस्टाएर जानेछ। तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
सत्रु परास्त हुने छन्। आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग पाईने छ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरु सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
आकस्मिक धन सम्पति प्राप्त हुने छ। नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेको छ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुक कामहरु गर्न सकिनेछ ।व्यापार व्यावसाय फस्टाएर जाने छ। माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिर तिरको यात्राको तय गर्न सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुँदा मानशिक तनाब बढ्ने छ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जाने छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगबाट टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला। सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
पारिवारिक यात्रा हुने सम्भावना रहेको छ। यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिने छ । पर्यटन व्यावसाय अगाल्नेहरुले सामान्य धन आर्जन गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरी प्रशस्त नाँफा कमाउन सकिने छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहने छन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ। यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउंदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम रहने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
भनेजस्तो नतिजा आउने हुनाले खोज तथा अनुशन्धानको क्षेत्रमा पढ्न लेख्न जोस जाँगर बढ्ने छ । खर्च बढेपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेको छ। नोकरीमा बढुवा हुने योग रहेको छ ।साथै बौद्धिकताले सम्मान दिलाउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
खेतीकिसानी र पशु पालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जाने छ । जग्गा जमिनबाट पनि आम्दानीको मार्ग बिस्तार गर्न सकिनेछ । अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्ने छ । आमाबाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुने छैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
बनभोज तथा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको यात्राको तय हुने छ। खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्ने छन् । उद्योग तथा व्यापार व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउने छ । पराक्रम बढेर जाने छ। दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग प्राप्त हुने छ। छोटो दुरिको यात्रा तय हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जाने छ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिने छ। कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउंदै अगाडी बढ्न सकिने छ । माया प्रेममा सामिप्यत बढ्ने छ। पति पत्नी बीच मायाको डोरो कसिलो बनेर जाने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
व्यापार व्यावसायमा लगानि गरी मनग्गे आम्दानि गर्न सकिने छ । आर्थिक अवस्था राम्रो हुने छ। पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाज सेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिने छ । नयाँ काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।












