७ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।
हाल देशभर ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १३ जना क्वारेन्टिनमा छन्।












