एजेन्सी । जाडो मौसममा सजिलै तपाईको प्रतिरोध क्षमता सुधार गर्न सक्छ। तपाई जाडो मौसममा के खाँदै हुनुहुन्छ ? यदी अन्य समयको बेला जस्तै खाइरहनुभएको छ ।
तपाई हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ त्यस्ता फूडहरु बारेमा जसले जाडो मौसममा सजिलै तपाईको स्वास्थ्यलाई स्वस्थ्य राख्न सहयोग गर्नुको साथै प्रतिरोधात्मक क्षमतामा पनि सुधार गर्न थाल्छ ।
तातोपानी र मह : तातोपानीमा मह मिसाएर खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपुर पाइन्छ ।
भिजाएको बदाम : बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटीन, ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड लगायत शरीरलाई अत्यावश्यक तत्व पाइन्छ ।
ओटमील : एकदमै कम क्यालोरी र पोषणले भरपुर यसको नियमित प्रयोग गर्दा शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई समेत स्वस्थ्य राख्छ ।
मेवा : आन्द्रालाई स्वास्थ्य राख्नुका साथै मेवाले पेटमा भएको अनेकौँ समस्यालाई हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ ।
अरु महत्वपूर्ण खानेकुरा के के हुन् ?
ल्वाङ, सुकुमेल, दालचीनि, एक टुक्रा अदुवा एक टुक्रा लसुन, एक चिम्टी बेसार राखेको पानी तातो बनाएर पिउने ।
बेलाबेलामा ग्रिन टिको सेवन गर्ने पानी प्रशस्त पिउने ।
बजारिया, प्लाष्टिकमा प्याक गरिएका, रङ हालिएका, बासी, खानेकुरा नखाने
पर्याप्त पानी, फलफूल र सागपातको सेवन गर्ने ।











