Ad #144479

६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको परिस्थिति कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बोकेका नेताहरूका कारण गरेको बताएका छन् ।

ओलीले कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बोकेका कतिपय नेताहरूको चाहना पद, प्रतिष्ठामा मात्र सीमित बनेकाले राजनीतिक रूपमा प्राप्त स्थिर सरकारलाई घेराबन्दी गरिएको आरोप लगाएका छन् ।

देशवासीलाई सम्बोधन गर्दै ओलीले कार्यविभाजन गरेर एकले सरकार र अर्कोले पार्टी सञ्चालन गर्ने कार्यविभाजन गरिए पनि पार्टी काम फिटिक्कै नभएको, तर सरकारलाई घेराबन्दी मात्र गर्ने काम भएको बताए ।

संसद विघटन र मध्यावधिक निर्वाचनको घोषणापछि विकसित परिस्थितिका विषयमा उनले सम्बोधन गरेका हुन् ।