समिता श्रेष्ठ
६ पुस, काठमाडौं । देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काठमाडौं जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
कोरोनाको प्रभावको कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटीद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
महामारीको समयमा भौतिक दूरी कायम गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । यो कार्यक्रम आज मध्याह्न १२ बजे देखि ३ सम्म गरिएको थियो । बाग्मती कोरिडोर स्थित ड्रीम हाउसमा गरिएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदान भन्ने मुल नारा लाई आत्मसात गर्दै फाउन्डेसनले यो रक्तदान कार्यक्रममा गरेको हो ।
कार्यक्रममा स्थानीय युवा, गोकर्णेश्वर नगरपालिका ,कागेश्वरी मनोहर नगरपालिकाका रक्तदाताहरुले रक्तदान गरेका थिए। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनको केन्द्र बाट माननीय कृष्ण राई , माननीय सरिता न्यौपाने र जिल्ला बाट माननीय दिपक निरौला , उपाध्यक्ष उदव भण्डारी , माननीय सचीव पेम्बा लामा उपस्थिति थियो ।
त्यस्तै गोकर्णेश्वर नगर कमिटी बाट सबै प्रधादिकारिहरु अध्यक्ष केशव प्रसाद शिंखडा, उपाध्यक्ष रमेश कोईराला ,सचीव कल्पना राजचल , कोषाध्यक्ष सुमित्रा दंगालले सहभागीता जनाउनु भएको थियो ।












